आइतबार ११.६६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Feb 23, 2025 - 09:48
 0
आइतबार ११.६६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनी ९५ करोड ६४ लाख ५१ हजार ३ सय ६६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register