जर्मनीमा ‘कन्जरभेटिभ पार्टी’ सीडीयू बन्यो सबैभन्दा ठूलो दल, बेलायत र फ्रान्सले दिए प्रतिक्रिया

काठमाडौं । जर्मनीमा भएको आम चुनावमा, मन्जरभेटिभ (रुढिवादी) सीडीयू पार्टी देशको संसदमा सबैभन्दा ठूलो दल बनेको छ । हालै भएको निर्वाचनमा यो पार्टीले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको हो । जर्मनीमा सीडीयू/सीएसयू पार्टीका नेता फ्रेडरिक मेट्र्जले जितप्रति आफू उत्साहित भएकको बताएका छन् । ‘हामी अहिले उत्सव मनाइरहेका छौं, तर भोलि काम गर्नेछौं ।’ चुनावी […]

Feb 24, 2025 - 03:09
 0
जर्मनीमा ‘कन्जरभेटिभ पार्टी’ सीडीयू बन्यो सबैभन्दा ठूलो दल, बेलायत र फ्रान्सले दिए प्रतिक्रिया

काठमाडौं । जर्मनीमा भएको आम चुनावमा, मन्जरभेटिभ (रुढिवादी) सीडीयू पार्टी देशको संसदमा सबैभन्दा ठूलो दल बनेको छ । हालै भएको निर्वाचनमा यो पार्टीले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको हो ।

जर्मनीमा सीडीयू/सीएसयू पार्टीका नेता फ्रेडरिक मेट्र्जले जितप्रति आफू उत्साहित भएकको बताएका छन् । ‘हामी अहिले उत्सव मनाइरहेका छौं, तर भोलि काम गर्नेछौं ।’

चुनावी नतिजामा अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी तेस्रो स्थानमा झरेका छन् ।

जर्मनीको चुनावी नतिजामा युरोपेली नेताहरूबाट पनि प्रतिक्रिया आउन थालेको छ ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले आफू जर्मनीसँग काम गर्न इच्छुक रहेको बताएका छन् । ‘म नयाँ जर्मन सरकारसँग नजिकबाट काम गर्न र हाम्रा दुई देशहरू बीचको पहिले नै बलियो सम्बन्धलाई अझ बलियो बनाउन तयार छु, उनले भने ।

उनले बेलायत र जर्मनीले दुवै देशको सुरक्षा र विकासका लागि मिलेर काम गर्ने बताएका छन् ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मेट्र्जलाई बधाई दिएका छन् । दुवैले बलियो युरोपका लागि मिलेर काम गर्ने पनि उनले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register