सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु घटनाको छानबिन गर्न समिति गठन भएको छ । राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । सिन्धुपाल्चोक घर भएकी सन्तोषी डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् […]

Feb 24, 2025 - 06:00
 0
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सिन्धुपाल्चोक घर भएकी सन्तोषी डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा उनी इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी थिइन् ।

सन्तोषीको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको बताइएको छ । उनी विसं २०७२ सालमा सशस्त्रको सिपाहीमा भर्ना भएकी थिइन् । उनले २०७८ सालमा असई र २०८१ सालमा इन्सपेक्टरमा नाम निकालेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register