एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताका लागि विशेष छुट दिने समझदारी भएको छ । समझदारीअनुसार एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्ने ग्राहकहरूले हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा उपलब्ध सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशतसम्मको छुट पाउने छन् । विशेषगरी ब्लड टेस्ट, छाला, कपाल […]

May 20, 2025 - 06:09
 0
एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताका लागि विशेष छुट दिने समझदारी भएको छ ।

समझदारीअनुसार एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्ने ग्राहकहरूले हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा उपलब्ध सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशतसम्मको छुट पाउने छन् । विशेषगरी ब्लड टेस्ट, छाला, कपाल तथा दन्तसम्बन्धी प्रक्रियामा यो छुट लागू हुनेछ ।

त्यस्तै, ओपीडी परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, सोर्पानो हेयर रिमुभल प्याकेज लगायत आउटसोर्स सेवा तथा उपकरण शुल्कमा थप २.५ प्रतिशत छुट प्रदान गरिने समझदारी भएको छ ।

हाल एससीटीमा ५ वटा ‘क’ वर्गका, ६ वटा ‘ख’ वर्गका, ११ वटा ‘ग’ वर्गका बैङ्क तथा १०० भन्दा बढी सहकारी संस्था आबद्ध छन् । यस अफरमार्फत उक्त संस्थाबाट जारी एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूलाई लाभ हुने भएको छ ।

एससीटी र हेल्थी च्वाइसले ग्राहकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै यो अफर ल्याएको बताइएको छ । एससीटी–यूपीआई कार्ड नभएका ग्राहकहरूले पनि आफ्नो नजिकको एससीटीसँग आबद्ध बैङ्कमार्फत सजिलै कार्ड लिन सक्ने व्यवस्था रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register