डोम परिवारको घर भत्काउने पालिका अध्यक्ष र वडाध्यक्ष ५ दिन थुनामा, अनुसन्धान जारी

काठमाडौं । महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ। सिरहा जिल्ला अदालतले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी दिए। […]

Mar 23, 2025 - 12:55
 0
डोम परिवारको घर भत्काउने पालिका अध्यक्ष र वडाध्यक्ष ५ दिन थुनामा, अनुसन्धान जारी

काठमाडौं । महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

सिरहा जिल्ला अदालतले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी दिए। उनीहरुमाथी अनुसन्धान जारी रहेको बताइएको छ ।

औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजना गर्न गत फागुन १० गते स्थानीय दीपक मरिक डोमको घर डोजर लगाएर भत्काइएको थियो। घटना सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको थियो।

गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षसहित पीडित दीपक मरिकले शनिबार जिल्ला प्रहरी कार्यालय सिरहामा जातीय भेदभाव तथा छुवाछूत कसुरमा जाहेरी दर्ता गराएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register