दोस्रो लेगमा पराजित हुनका बाबजुद पीएसजी सेमिफाइनलमा

काठमाडौं । इङ्लिस क्लब एस्टन भिल्लालाई पछि पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पीएसजी बुधबार बिहान क्वार्टरफाइनलको दोस्रो लेगमा भिल्लासँग ३–२ गोलअन्तरले पराजित भयो । यद्यपि पहिलो लेगमा ३–१ ले विजयी भएको पीएसजी समग्रमा ५–४ ले अन्तिम चारमा पुगेको छ । घरेलु टोली भिल्लाका गोलकिपर […]

Apr 16, 2025 - 02:01
 0
दोस्रो लेगमा पराजित हुनका बाबजुद पीएसजी सेमिफाइनलमा

काठमाडौं । इङ्लिस क्लब एस्टन भिल्लालाई पछि पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

पीएसजी बुधबार बिहान क्वार्टरफाइनलको दोस्रो लेगमा भिल्लासँग ३–२ गोलअन्तरले पराजित भयो । यद्यपि पहिलो लेगमा ३–१ ले विजयी भएको पीएसजी समग्रमा ५–४ ले अन्तिम चारमा पुगेको छ ।

घरेलु टोली भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो टोलीका लागि पर्याप्त रहेन । भिल्लाले अविश्वसनीय रुपमा पुनरागमन सम्भावना देखाएपनि अर्को गोल थप्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो ।

आच्राफ हकिमीलेखेलको ११औं मिनेटमा गोल गरेर पीएसजीलाई अग्रता दिलाए ।

त्यसपछि २७औं मिनेटमा नुनो मन्डेसले गोल गर्दै फ्रेन्च टोलीको अग्रता दोब्बर बनाए । त्यो गोलपछि भिल्लालाई कम्तीमा बराबरी गर्न ४ गोल चाहिएको थियो ।

घरेलु मैदान भिल्ला पार्कमा टोलीले पुनरागमनको प्रयास जारी राख्यो । यौरी टिलेमान्सले ३४औं मिनेटमा एक गोल फर्काएपछि पहिलो हाफ २–१ अवस्थामा टुङ्गियो
त्यसपछि दोस्रो हाफ थप रोमाञ्चक रह्यो । उनाई एमेरीको टोलीले सहजै हार स्वीकारेन । प्रतिभाशाली पीएसजी टोलीलाई दबाबमा राख्दै गोल फर्कायो ।
भिल्लाले २ मिनेटभित्र २ गोल गर्दै पीएसजीमाथि दबाब बढायो ।

खेलको ५५औं मिनेटमा जोन म्याकगिनले गोल गरे । त्यसपछि डिफेन्डर एज्री कोन्साले ५७ औं मिनेटमा गोल गर्दै भिल्लालाई अग्रता दिलाए ।

यसले भिल्लाको आत्मविश्वास बढायो र थप आक्रमण गर्यो । तर पीएसजीका गोलकिपर जियानलुइजी डोनारुम्माले ३ महत्वपूर्ण बचाउ गरे । जसले भिल्लालाई खेलमा बराबरी गर्नबाट रोक्यो । यससँगै पूर्वविजेता भिल्लाको च्याम्पियन्स लिगको सनसनीपूर्ण यात्रा पनि रोकियो ।

पीएसजीले अब सेमिफाइनलमा आर्सनल वा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनल पहिलो लेगमा ३–० ले विजयी भएको थियो ।

च्याम्पियन्स लिग: पीएसजीको घरेलु मैदानमा एस्टन भिल्लालाई कठिन चुनौती

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register