काठमाडौं विश्वविद्यालयको उपकुलपति उम्मेदवारको अङ्क तोडमोड हुनसक्ने भन्दै ध्यानाकर्षण

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका उम्मेदवारहरुले प्रस्तुति र अन्तर्वार्ताका आधारमा पाएको अङ्क तोडमोड हुनसक्ने भन्दै ध्यानाकर्षण भएको छ । विश्वविद्यालयका ७ वटै स्कूलका डीन र एसोसिएट डीनले संयुक्त रुपमा यस विषयमा उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका हुन् । पत्रमा भनिएको छ, “प्रक्रियामा सामेल भइ प्रस्तुती र अन्तर्वार्तामा सम्मिलित भइ आएका उम्मेद्वारहरुले पाएको अंकलाई […]

Feb 26, 2025 - 07:37
 0
काठमाडौं विश्वविद्यालयको उपकुलपति उम्मेदवारको अङ्क तोडमोड हुनसक्ने भन्दै ध्यानाकर्षण

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका उम्मेदवारहरुले प्रस्तुति र अन्तर्वार्ताका आधारमा पाएको अङ्क तोडमोड हुनसक्ने भन्दै ध्यानाकर्षण भएको छ ।

विश्वविद्यालयका ७ वटै स्कूलका डीन र एसोसिएट डीनले संयुक्त रुपमा यस विषयमा उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका हुन् ।

पत्रमा भनिएको छ, “प्रक्रियामा सामेल भइ प्रस्तुती र अन्तर्वार्तामा सम्मिलित भइ आएका उम्मेद्वारहरुले पाएको अंकलाई तोडमोड गरिदै छ, प्रक्रिया शुरु भइसके पश्चात नाम सिफारिसका लागि वस्तुपरक नदेखिने प्रकारका नयाँ नयाँ शर्त अघि सार्ने काम भएकाले समितिमा अरु सदस्यलाई अप्ठ्यारो परेको छ भन्ने जस्ता सञ्चार माध्यमहरु मार्फत प्रेषित भनाइहरुलाई गलत साबित गरि खोज तथा सिफारिस समिति आफैले स्विकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशिघ्र छिटो सिफारिस हुनेमा हामी सबै आशावादी छौं ।”



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register