रोनाल्डोसँग सम्झौता लम्ब्याउन चाहन्छ अल नासर

काठमाडौं । साउदी अरब क्लब अल नासरले चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोसँग सम्झौता लम्ब्याउन चाहेको बताएको छ । क्लबका खेलकुद निर्देशक फर्नान्डो हिएरोले पोर्चुगिज सुपरस्टारलाई टोलीमै राख्नका लागि प्रतिस्पर्धाको सामना गर्नुपर्ने अवस्था रहेकोसमेत बताए । साउदी प्रो लिगमा अल-फतेहसँगको खेलपछि ४० वर्षीय रोनाल्डोले यो अल नासरको लागि अन्तिम उपस्थिति भएको संकेत गरेका थिए । हिएरो भन्छन्, “रोनाल्डोको […]

May 30, 2025 - 11:08
 0
रोनाल्डोसँग सम्झौता लम्ब्याउन चाहन्छ अल नासर

काठमाडौं । साउदी अरब क्लब अल नासरले चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोसँग सम्झौता लम्ब्याउन चाहेको बताएको छ ।

क्लबका खेलकुद निर्देशक फर्नान्डो हिएरोले पोर्चुगिज सुपरस्टारलाई टोलीमै राख्नका लागि प्रतिस्पर्धाको सामना गर्नुपर्ने अवस्था रहेकोसमेत बताए ।

साउदी प्रो लिगमा अल-फतेहसँगको खेलपछि ४० वर्षीय रोनाल्डोले यो अल नासरको लागि अन्तिम उपस्थिति भएको संकेत गरेका थिए ।

हिएरो भन्छन्, “रोनाल्डोको अल नासरसँगको सम्झौता जुन ३० सम्म रहनेछ । हामी उनको सम्झौता नवीकरण गर्न काम गर्नेछौं ताकि उनी हामीसँग निरन्तर रहन सकून् र उनलाई अनुबन्ध गर्न धेरै क्लबहरू इच्छुक छन् । हामी क्रिस्टियानो रोनाल्डोसँग उनको सम्झौता नवीकरण गर्न वार्ता गरिरहेका छौं ।”

रोनाल्डो लगातार दोस्रो सिजन साउदी प्रो लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । रियल म्याड्रिडका पूर्व फरवार्डले गत सिजन अल नासरमा ३५ गोल गरेका थिए ।

हालैका रिपोर्टहरूले दाबी गरेका छन्, “रोनाल्डोले नाम नखुलाइएको ब्राजिलियन क्लबबाट आकर्षक प्रस्ताव प्राप्त गरेका छन्, जसले उनलाई आगामी क्लब विश्वकपमा खेल्ने सम्भावना प्रदान गर्नेछ ।”

पाँच पटकका बालोन डीुओर विजेता रोनाल्डो डिसेम्बर २०२२ मा म्यानचेस्टर युनाइटेड छोडेपछि साउदी क्लबमा सामेल भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register