आठौं महाधिवेशनको तयारीमा नेमकिपा

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) आठौं महाधिवेशनको तयारीमा जुटेको छ । यही फागुन १६ गतेदेखि १९ गतेसम्म भक्तपुरमा आठौं महाधिवेशन हुने नेमकिपाले जानकारी दिएको छ । पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद् प्रेम सुवालले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । नारायणमान बिजुक्छे रोहितको नेतृत्वमा २०३१ साल माघ १० गते यो पार्टीको स्थापना […]

Feb 27, 2025 - 01:24
 0
आठौं महाधिवेशनको तयारीमा नेमकिपा

भक्तपुर ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) आठौं महाधिवेशनको तयारीमा जुटेको छ । यही फागुन १६ गतेदेखि १९ गतेसम्म भक्तपुरमा आठौं महाधिवेशन हुने नेमकिपाले जानकारी दिएको छ ।

पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद् प्रेम सुवालले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । नारायणमान बिजुक्छे रोहितको नेतृत्वमा २०३१ साल माघ १० गते यो पार्टीको स्थापना भएको हो । स्थापनाकालदेखि नै पार्टीको नेतृत्व बिजुक्छेले गर्दै आउनुभएको छ ।

भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा ४ दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन अघि विभिन्न स्थानबाट ¥याली निकाल्ने तयारी नेमकिपाले गरेको छ । काठमाडौंको कोटेश्वर, भक्तपुरको लान्चाफल्चा कमलविनायक, मध्यपुर थिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस स्टपलगायतका ठाउँंहरूमा बिहान भेला भई जुलुससहित कार्यक्रम उद्घाटनस्थल सल्लाघारीमा दिउँसो पुग्ने तालिका सार्वजनिक गरिएको छ ।

पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा रूपन्देहीको भैरहवामा भएको थियो । भक्तपुरमा जन्मिएका ८५ वर्षका बिजुक्छे पार्टीमा लगातार अध्यक्ष चुनिँदै आउनुभएको छ । बिजुक्छे आठौं महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने सम्भावना बढी छ तर पनि त्यो भने हेर्न बाँंकी नै छ ।

नेमकिपाले स्थानीय सत्तामा निरन्तर निर्वाचनबाट एकलौटी कब्जा जमाए पनि संघ र प्रदेशमा भने सधँै प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register