अर्थमन्त्री हुँदा बजारमैत्री वर्षमानले अहिले सेयर बजारलाई अनुत्पादक क्षेत्र भने, लगानीकर्ता भन्छन्- ‘दोहोरो चरित्र’ 

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेका छन् ।  अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सेयर बजारका विषयमा बोल्दै पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेका हुन् ।  कार्यक्रममा उनले सेयर बजारलाई धेरैले जुवा घर भन्ने गरेको र सेयर बजार वास्तवमा अनुत्पादक क्षेत्र भएको […]

Feb 27, 2025 - 07:49
 0
अर्थमन्त्री हुँदा बजारमैत्री वर्षमानले अहिले सेयर बजारलाई अनुत्पादक क्षेत्र भने, लगानीकर्ता भन्छन्- ‘दोहोरो चरित्र’ 

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेका छन् । 

अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सेयर बजारका विषयमा बोल्दै पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेका हुन् । 

कार्यक्रममा उनले सेयर बजारलाई धेरैले जुवा घर भन्ने गरेको र सेयर बजार वास्तवमा अनुत्पादक क्षेत्र भएको बताएका छन् । उनले पैसा हुनेहरुले केही लगानी गरेर सजिलै पैसा कमाउन सेयर बजारलाई माध्यमका रुपमा प्रयोग गरिरहेको दाबी गरेका छन् ।

उनले सेयर बजारमा गरिएको लगानीले उचित प्रतिफल नदिने बताए । सेयर बजारसँगै गरगहना र घरजग्गामा गरिएको लगानीबाट पनि उचित प्रतिफल नपाइने दाबी गर्दै पुनले यी क्षेत्रमा गरिएको लगानीले विकास समेत अवरोध सृजना गर्ने टिप्पणी गरेका छन् । 

पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि सेयर लगानीकर्ता उनीप्रति रुष्ट बनेका छन् । अर्थमन्त्री हुँदै गर्दा सेयर बजारका विषयमा सकारात्मक टिप्पणी दिएका पुनले सत्ताबाट बाहिरिएपछि बजारको विषयमा नकारात्मक टिप्पणी गर्नुले उनको दोहोरो चरित्र छर्लंग पारेको भन्दै लगानीकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register