बनेपाको होटेलमा युवती मृत फेला, सँगै बसेका युवक फरार

काठमाडौं । काभ्रेपलाञ्चोकस्थित बनेपाको एक होटेलमा युवती मृत अवस्थामा भेटिएकी छन् । बनेपा नगरपालिका-८ मा रहेको होटल भ्यू पाहुना घरमा सोही नगरकी सुडोल निवासी २३ वर्षीया शर्मीला श्रेष्ठ बिहीबार साँझ मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार युवतीसँगै बसेका युवक भने अहिले फरार छन् । घटनाको प्रकृति हेर्दा हत्याको आशङ्का गरिएको प्रहरीले जनाएको […]

Feb 28, 2025 - 05:52
 0
बनेपाको होटेलमा युवती मृत फेला, सँगै बसेका युवक फरार

काठमाडौं । काभ्रेपलाञ्चोकस्थित बनेपाको एक होटेलमा युवती मृत अवस्थामा भेटिएकी छन् ।

बनेपा नगरपालिका-८ मा रहेको होटल भ्यू पाहुना घरमा सोही नगरकी सुडोल निवासी २३ वर्षीया शर्मीला श्रेष्ठ बिहीबार साँझ मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार युवतीसँगै बसेका युवक भने अहिले फरार छन् ।

घटनाको प्रकृति हेर्दा हत्याको आशङ्का गरिएको प्रहरीले जनाएको छ । फरार युवक समातिएपछि घटनाबारे थप खुल्ने बताइएको छ ।

मृत भेटिएकी युवती बनेपाकै एक मेडिकलमा कार्यरत थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register