जित्नैपर्ने दबाबबीच ‘स्ट्रङ’ अष्ट्रेलियाविरुद्ध उत्रँदै ‘अन्डरडग’ अफगानिस्तान

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) दुई पटकको विजेता अष्ट्रेलियाविरुद्ध नवप्रवेशी अफगानिस्तान मैदानमा उत्रँदै छ । पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे मैदानमा उत्रँदा ‘अन्डरडग’ अफगानिस्तान प्रतियोगिताकै बलियो टोली मानिएको अष्ट्रेलियालाई जित्नैपर्ने दबाबमा हुनेछ । किनकि आजको खेल हारेमा अफगानिस्तान प्रतियोगिताबाट बाहिरिने छ । समूह ‘बी’मा दक्षिण अफ्रिका र अष्ट्रेलिया […]

Feb 28, 2025 - 05:34
 0
जित्नैपर्ने दबाबबीच ‘स्ट्रङ’ अष्ट्रेलियाविरुद्ध उत्रँदै ‘अन्डरडग’ अफगानिस्तान

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) दुई पटकको विजेता अष्ट्रेलियाविरुद्ध नवप्रवेशी अफगानिस्तान मैदानमा उत्रँदै छ ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे मैदानमा उत्रँदा ‘अन्डरडग’ अफगानिस्तान प्रतियोगिताकै बलियो टोली मानिएको अष्ट्रेलियालाई जित्नैपर्ने दबाबमा हुनेछ । किनकि आजको खेल हारेमा अफगानिस्तान प्रतियोगिताबाट बाहिरिने छ ।

समूह ‘बी’मा दक्षिण अफ्रिका र अष्ट्रेलिया ३–३ अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । यी दुई टोलीबीचको खेल वर्षाले रद्द भएपछि १–१ अङ्क बाँडिएको थियो । यसले २ अङ्क मात्र भएको अफगानिस्तानलाई घाटा भएको छ । यदि दक्षिण अफ्रिका र अष्ट्रेलियामध्ये एउटाले जितेका भए अफगानिस्तानले आजको खेल हार्दा पनि सेमिफाइनल सम्भावना जीवित हुने थियो ।

यदि आजको खेल वर्षाका कारण रद्द भएमा भने अफगानिस्तानको आशा जीवितै रहने छ । तर खेल भएको खण्डमा भने अफगानिस्तानलाई शतप्रतिशत जित आवश्यक छ

‘अन्डरडग’ हुनाका बाबजुद इङ्ग्यान्डलाई हराएर अफगानिस्तानले प्रतियोगितामा सनसनी मच्चाएको छ । यसर्थ उ आज अष्ट्रेलियाविरुद्ध यही नतिजा दोहोर्याउन चाहन्छ ।

तर खेल जित्न कुनै एक-दुई खेलाडीमा भर पर्नु नपर्ने बलियो टोली अष्ट्रेलियालाई हराउन अफगानिस्तानलाई सहज भने छैन ।

पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण रद्द

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register