भूकम्प अपडेटः काठमाडौँमा भागदौड हुँदा दुई जना घाइते 

काठमाडौँ । शुक्रबार बिहान भूकम्प गएर भागदौड हुँदा काठमाडौँमा दुई जना घाइते भएका छन् । मध्यराति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएपछि भागदौड हुँदा काठमाडौँको शान्तिनगर बस्दै आएका २२ वर्षीय प्रशान्त थिलिङ र बानेश्वर बस्दै आएका २६ वर्षीय हरि गैरे घाइते भएका हुन् । उदयपुरको त्रियुगा नगरपालिका-१० स्थायी घर भएका थिलिङ भूकम्पको धक्कापछि भागदौडका […]

Feb 28, 2025 - 07:43
 0
भूकम्प अपडेटः काठमाडौँमा भागदौड हुँदा दुई जना घाइते 

काठमाडौँ । शुक्रबार बिहान भूकम्प गएर भागदौड हुँदा काठमाडौँमा दुई जना घाइते भएका छन् । मध्यराति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएपछि भागदौड हुँदा काठमाडौँको शान्तिनगर बस्दै आएका २२ वर्षीय प्रशान्त थिलिङ र बानेश्वर बस्दै आएका २६ वर्षीय हरि गैरे घाइते भएका हुन् ।

उदयपुरको त्रियुगा नगरपालिका-१० स्थायी घर भएका थिलिङ भूकम्पको धक्कापछि भागदौडका क्रममा सडक पेटीमा ठोक्किएर लड्दा उनी घाइते भएका हुन् । थिलिङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, नवलपरासीको मध्यबिन्दु नगरपालिका-५ स्थायी घर भएका गैरे होस्टेलबाट बाहिर निस्किएर भाग्ने क्रममा घाइते भएका हुन् । हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प जाँदा भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो । भूकम्पको धक्का महसुस भएपछि मध्यरातमा नागरिकहरु बाहिर निस्किएका थिए । 

भूकम्पपछि सिन्धुपाल्चोकमा कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने आत्तिएर भाग्ने क्रममा एक कैदीको हात भाँचिएको छ । भूकम्पबाट अन्य ठूलो मानवीय र भौतिक क्षति भने भएको छैन । यद्यपि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register