जन्मनु अघि नै चिना

हुट्टिट्याउँलेसगर थामेको दिन मात्रमेरोसूर्य उदाउने छअस्ताउने होइनउदाएर उदाएको–उदाएैचिरञ्जीवी सूर्य मात्रमेरो सपना होहो,फिस्टालेहुण्डरी ल्याएकोभोलिपल्ट बिहान मात्रमेरो समय हो तिमी मलाईमेरो सपना नसम्झाउतिमी मलाईमेरो विपना नझस्काउमलाई थाहा छमअब तिमीलाईविगत झैंवर्तमानकोसपना भत्काउनेछुट दिने छैन कदाचित अबछ्याङ्गआकाश भएको छु नीलोजहाँबाट सबथोक देखिन्छअब मफराक धरती भएको छुजहाँबाट अनन्त देखिन्छ जन्मनु अघि नैचिना लेखिइसकेको छमेरो आउने समयकोहो,अब ऊ पक्कै जन्मन्छ । The post जन्मनु अघि नै चिना appeared first on Jhapa Online.

Feb 28, 2025 - 10:47
 0
जन्मनु अघि नै चिना
  • राजेश ढुंगाना

हुट्टिट्याउँले
सगर थामेको दिन मात्र
मेरो
सूर्य उदाउने छ
अस्ताउने होइन
उदाएर उदाएको–उदाएै
चिरञ्जीवी सूर्य मात्र
मेरो सपना हो
हो,
फिस्टाले
हुण्डरी ल्याएको
भोलिपल्ट बिहान मात्र
मेरो समय हो

तिमी मलाई
मेरो सपना नसम्झाउ
तिमी मलाई
मेरो विपना नझस्काउ
मलाई थाहा छ

अब तिमीलाई
विगत झैं
वर्तमानको
सपना भत्काउने
छुट दिने छैन कदाचित

अब
छ्याङ्ग
आकाश भएको छु नीलो
जहाँबाट सबथोक देखिन्छ
अब म
फराक धरती भएको छु
जहाँबाट अनन्त देखिन्छ

जन्मनु अघि नै
चिना लेखिइसकेको छ
मेरो आउने समयको
हो,
अब ऊ पक्कै जन्मन्छ ।

The post जन्मनु अघि नै चिना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register