आईसीसी च्याम्पियन्स ट्रफी : समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा इङ्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको  छ । शनिबार कराँचीमा भएको खेलमा पराजित भएसंगै  इङ्ल्याण्ड भने  बाहिरिएको छ । इङ्ल्याण्डले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा  ३ विकेटको क्षतिमा पछ्यायो । इंग्ल्याण्डको जितमा रासी भान डेर डुसेनले उनले ७८ […]

Mar 1, 2025 - 15:28
 0
आईसीसी च्याम्पियन्स ट्रफी : समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा इङ्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको  छ । शनिबार कराँचीमा भएको खेलमा पराजित भएसंगै  इङ्ल्याण्ड भने  बाहिरिएको छ ।

इङ्ल्याण्डले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा  ३ विकेटको क्षतिमा पछ्यायो । इंग्ल्याण्डको जितमा रासी भान डेर डुसेनले उनले ७८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दे ७२ रन जोडे।

यस्तै हेनरिच क्लासनले ११ चौका प्रहार गर्दै ५६ बलमा ६४ रन जोडे । ओपनर रायन रिकेल्टनले २५ बलमा २७ रनको योगदान दिए ।

इङ्ल्याण्डका  लागि दुवै विकेट जोफ्रा आर्चरले लिए भने एक विकेट आदिल रासिदले लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डका लागि जो रुटले सर्वाधिक ३७ रन बनाए । उनले ४४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै, जोफ्रा आर्चरले ३१ बलमा २५ रन जोडे । ओपनर बेन डकेटले २१ बलमा २४ रन बनाए । कप्तान जोस बट्लरले ४३ बलमा २१ रन तथा ह्यारी ब्रुकले १९ रन बनाए । मार्को यानसेन र वियान मल्डरले ३–३ विकेट लिए । केशव महारजले २ विकेट तथा लुंगी एनगिडी र कागिसो रबाडाले १–१ विकेट लिए ।

समूह चरणको खेलपछि दक्षिण अफ्रिकाको ५ अंक पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register