समूह विजेता बन्ने प्रतिस्पर्धामा न्युजिल्यान्ड र भारत

काठमाडौं । नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणको अन्तिम खेलमा आज (आइतबार) न्युजिल्यान्ड र भारतबीच खेल हुँदैछ । यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे यी दुई टोलीबीच समूह विजेता बन्ने प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेता समूह ‘ए’को विजेता बन्नेछ । यदि पानी परेर खेल रद्ध भएमा नेट रनरेटका आधारमा […]

Mar 2, 2025 - 03:01
 0
समूह विजेता बन्ने प्रतिस्पर्धामा न्युजिल्यान्ड र भारत

काठमाडौं । नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणको अन्तिम खेलमा आज (आइतबार) न्युजिल्यान्ड र भारतबीच खेल हुँदैछ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे यी दुई टोलीबीच समूह विजेता बन्ने प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेता समूह ‘ए’को विजेता बन्नेछ ।

यदि पानी परेर खेल रद्ध भएमा नेट रनरेटका आधारमा न्युजिल्यान्ड समूह विजेता बन्नेछ । न्युजिल्यान्ड र भारतबीच हुने आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । किनकि प्रतियोगितामा हालसम्म दुवै टोलीले शतप्रतिशत नतिजा निकालेका छन् । दुवैले बङ्गलादेश र पाकिस्तानमाथि जित निकाल्दै ४–४ अङ्क जोडेका हुन् ।

समूह ‘ए’बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा बङ्गलादेश र आयोजक पाकिस्तान बाहिरिएका छन् । बङ्गलादेश र पाकिस्तानबीच खेल भने वर्षाका कारण बाधक बनेको थियो । यसले गर्दा उनीहरूले १–१ अङ्क बाँडेका छन् ।

यस्तै समूह ‘बी’बाट दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया उपविजेता बनेको छ । समान ३ खेलबाट दक्षिण अफ्रिकाले ५ र अष्ट्रेलियाले ४ अङ्क जोडेका हुन् । दक्षिण अफ्रिकाले इङ्ल्यान्डसँगै अफगानिस्तानलाई पनि हराएको हो । अष्ट्रेलियासँगको खेल भने वर्षाका कारण अनिर्णित भएर १–१ अङ्क बाँडिएको थियो ।
यस्तै अष्ट्रेलियाले इङ्ल्यान्डलाई हराएको थियो भने दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल भने वर्षाले प्रभावित बनेको थियो । यसले गर्दा अष्ट्रेलियाले दुवै टोलीसँग १–१ अङ्क बाँडेको थियो ।

यो समूहबाट अफगानिस्तान र इङ्ग्ल्यान्ड भने बाहिरिएका छन् । अफगानिस्तानले ३ अङ्क जोड्न सफल रहँदा इङ्ल्यान्ड भने अङ्विहीन रहेको छ । । नवप्रवेशी अफगानिस्ताने इङ्ल्यान्डलाई हराएको थियो । क्रिकेटको परम्परागत शक्ति मानिएको इङ्ल्यान्डले भने सबै खेल हार्यो ।

फाइनल प्रवेशका लागि समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी समूह ‘बी’को विजेताले समूह ‘ए’को उपविजेतासँग भिडन्त गर्नेछ ।

समूह ‘बी’ विजेता दक्षिण अफ्रिकाले भारत वा न्युजिल्यान्ड प्रतिद्वन्द्वी पाउने छ । उपविजेता अष्ट्रेलियाले पनि यिनै दुईमध्ये एक प्रतिद्वन्द्वी पाउने छ ।

च्याम्पियन्स ट्रफी : सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लाग्यो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register