पहिलोपटक ओस्कार अवार्ड जितेपछि आँशुले भरिए जोईका आँखा
लस एन्जलस । अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको ओस्कर अवार्डमा जोई सलडानाले उत्कृष्ट सह–अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छिन् । ’एमिलिया पेरेज’मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन् । यो जोईले जितेको पहिलो ओस्कार अवार्ड हो । ओस्कार अवार्ड प्राप्त गरेपछि जोई आँखा आँसुले भरिए । उनी रोइरहेको दृश्यले समारोहमा उपस्थितलाई निकै भावुक […]

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको ओस्कर अवार्डमा जोई सलडानाले उत्कृष्ट सह–अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छिन् ।
’एमिलिया पेरेज’मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन् । यो जोईले जितेको पहिलो ओस्कार अवार्ड हो ।
ओस्कार अवार्ड प्राप्त गरेपछि जोई आँखा आँसुले भरिए । उनी रोइरहेको दृश्यले समारोहमा उपस्थितलाई निकै भावुक बनाएको थियो ।
भावुक हुँदै उनले भनिन्, ‘म यो पुरस्कार प्राप्त गर्ने डोमिनिकन मूलकै पहिलो अमेरिकी हुँ, मलाई थाहा छ– म यो पुरस्कार प्राप्त गर्ने अन्तिम व्यक्ति हुनेछैन ।’
What's Your Reaction?






