सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरसँग माग्यो छानबिन प्रतिवेदन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिन प्रतिवेदन पठाउन पत्राचार गरेको छ । महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ५ पुसदेखि बिदामा राखेको छ । गुरागाईंले काठमाडौं भ्यू टावरको नक्सा पास गर्ने प्रक्रियामा अनियमितता गरेको आशङ्का गर्दै महानगरले ५ पुसदेखि बिदामा राखेको हो । प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा […]

Mar 3, 2025 - 06:00
 0
सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरसँग माग्यो छानबिन प्रतिवेदन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिन प्रतिवेदन पठाउन पत्राचार गरेको छ ।

महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ५ पुसदेखि बिदामा राखेको छ । गुरागाईंले काठमाडौं भ्यू टावरको नक्सा पास गर्ने प्रक्रियामा अनियमितता गरेको आशङ्का गर्दै महानगरले ५ पुसदेखि बिदामा राखेको हो । प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा राखेर महानगरले उनीमाथि छानबिन गरिरहेको बताएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको नियमित कामकाज रोकिएको छ र कर्मचारीले दुई महिनाको तलब पाएका छैनन् ।

काठमाडौं महानगरले २४ पुसमा नै मन्त्रालयलाई पत्राचार गरेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेको थियो । तर, मन्त्रालयले भने गुरागाईंमाथिको छानबिन प्रतिवेदन नबुझाउँदासम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउने बताइरहेको छ ।

छानबिन प्रतिवेदन माग गरेको मन्त्रालयको पत्र पाएको बताउँदै महानगरले भन्यो, “हामी अहिले प्रतिवेदन पठाउँदैनौँ । पत्रको जवाफ मात्र पठाउँछौँ ।’ महानगरकाअनुसार गुरागाईंमाथिको छानबिन प्रतिवेदन अझै तयार भइसकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register