ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित

एजेन्सी, १९ फागुन । ९७ औं ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । डार्क कमेडी फिल्म ‘अनोरा’ का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कारसमेत जितेका छन् । यस पटक ओस्कारमा अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन गरेर कुल पाँच अवार्ड जितेको छ ।त्यस्तै द ब्रुटालिस्टका लागि एड्रियन ब्रोडीले [...] The post ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित appeared first on Jhapa Online.

Mar 3, 2025 - 07:58
 0
ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित

एजेन्सी, १९ फागुन । ९७ औं ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । डार्क कमेडी फिल्म ‘अनोरा’ का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कारसमेत जितेका छन् ।

यस पटक ओस्कारमा अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन गरेर कुल पाँच अवार्ड जितेको छ ।त्यस्तै द ब्रुटालिस्टका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने फिल्म अनोराका लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

त्यस्तै फिल्म एमिलिया पेरेजका लागि अभिनेत्री जो साल्डानाले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छन् । त्यस्तै ब्राजिलियन फिल्म आई एम स्टिल हियरले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ भने फिल्म द ब्रुटालिस्टले उत्कृष्ट छायाँकनका लागि ओस्कार जितेको छ ।

त्यसैगरी आई एम नट अ रोबोट डच एआई फिल्मले उत्कृष्ट छोटो चलचित्रको ओस्कार जितेको छ भने एल मालले एमिलिया पेरेजका लागि उत्कृष्ट मौलिक गीतको ओस्कार जितेको छ । त्यस्तै फिल्म विक्डले उत्कृष्ट निर्माण डिजाइनको ओस्कार जितेको छ ।

अवार्ड वितरण कार्यक्रममा हालै निधन भएका पूर्व ओस्कर विजेता तथा प्रसिद्ध अभिनेता जीन ह्याकम्यानको स्मरण गरिएको छ ।

The post ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register