मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं, १९ फागुन । सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै [...] The post मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने appeared first on Jhapa Online.

Mar 3, 2025 - 08:01
 0
मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं, १९ फागुन । सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ।

दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ।

आर्मीले यो वर्ष खेलेको चौथो प्रतियोगिता पहिलो फाइनल खेल्दैछ भने मच्छिन्द्र यो वर्ष चौथो फाइनल खेल्दैछ । इटहरी गोल्डकप जितेको मच्छिन्द्रले पाँचथर गोल्डकप र गत साता बागमती गोल्डकपको फाइनल खेलेको थियो।

गत वर्ष पहिलो पटक आहा रारा पोखरा गोल्डकप जितेको आर्मीले यो वर्ष चौथो प्रतियोगिता खेलिरहेको छ ।लमजुङको त्रिवेणी कप, आहा गोल्डकप र बागमती गोल्डकपमा सहभागी भएर केपी ओली कप खेलेको हो ।आर्मीले यसको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले र सेमिफाइनललाई संकटालाई २–१ ले हराएको थियो।

मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १–० ले सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४(० लाई हराएको थियो।

फाइनलको मुख्य अतिथि इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन आइतवार नेपाल आइसकेका छन्।

The post मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register