भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भद्रपुर, १८ बैशाख । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ ७ः३० बजेको भद्रपुर नगरपालिका–२ स्थित बनियानी–भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं. को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे १ च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल [...] The post भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on Jhapa Online.

May 1, 2025 - 05:41
 0
भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भद्रपुर, १८ बैशाख । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ ७ः३० बजेको भद्रपुर नगरपालिका–२ स्थित बनियानी–भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं. को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे १ च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–१ का ३५ वर्षीय दिलिप राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो । दुबै सवारी साधन र पिकअप चालक भद्रपुर–३ का ४४ वर्षीय पंकज सुवेदीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

The post भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register