बिर्तामोडमा भएको दुर्घटनाका घाइते राजवंशीको मृत्यु

बिर्तामोड, १५ फागुन । झापाको बिर्तामोड नगरपालिका–२ स्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनाको घाइतेको आज मृत्यु भएको छ । गत फागुन १३ गते बिर्तामोड नगरपालिका–२ स्थित भित्री सडक खण्डमा लालमाटीचोकबाट रामचोकतर्फ आउँदै गरेको म प्र ०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाईकल चालक [...] The post बिर्तामोडमा भएको दुर्घटनाका घाइते राजवंशीको मृत्यु appeared first on Jhapa Online.

Feb 27, 2025 - 14:23
 0
बिर्तामोडमा भएको दुर्घटनाका घाइते राजवंशीको मृत्यु

बिर्तामोड, १५ फागुन । झापाको बिर्तामोड नगरपालिका–२ स्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनाको घाइतेको आज मृत्यु भएको छ ।

गत फागुन १३ गते बिर्तामोड नगरपालिका–२ स्थित भित्री सडक खण्डमा लालमाटीचोकबाट रामचोकतर्फ आउँदै गरेको म प्र ०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा मोटरसाईकल चालक जिल्ला झापा कचनकवल गाउँपालिका–३ का १९ वर्षीय गोविन्द राजवंशीको टाउको, अनुहार र खुट्टामा चोट लागेर बीण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार सोही स्थानका १८ वर्षीय अमित राजाको छातिमा चोट लागेको छ । उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post बिर्तामोडमा भएको दुर्घटनाका घाइते राजवंशीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register