रारा घुम्न आएका पर्यटकको मृत्यु 

मुगु ।  नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए । जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार, विश्वकर्मा आइतबार राति ९ बजे […]

Mar 3, 2025 - 10:20
 0
रारा घुम्न आएका पर्यटकको मृत्यु 

मुगु ।

 नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार, विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । चेकजाँचपछि चिकित्सकले शरीरमा अक्सिजनको कमी रहेकाले अस्पतालमै बस्न आग्रह गरेको तर उनले नमानेको अस्पतालले जनाएको छ ।

चेकजाँचपछि उनी सल्लेरी फर्किएका थिए । सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको  चिकित्सक शाहीले जानकारी दिए ।

उनका अनुसार, भुवनमा मोटोपन थियो । उनी दमको पनि दीर्घरोगी थिए । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीका कारण लेक लागेर काडियो प्रमोनरी एरेस्ट हुँदा उनको मृत्यु भएको चिकित्सक शाहीले बताए ।

आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register