एउटा पाङ्ग्राबिनै जनकपुरबाट काठमाडौं उड्यो बुद्ध एयर

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का (ल्यान्डिङ गियर) फुस्किएको छ । बिहीबार बेलुकी काठमाडौंका लागि उडेको बुद्ध एयरको (एन एएनएच) जहाजको चक्का फुस्किएको काठमाडौं अवतरण गरिसकेपछि मात्रै खुलेको हो । जनकपुरबाट ४:४५ मा  काठमाडौंका लागि उडेको उक्त जहाजको चक्का फुस्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।  जहाज त्रिभुवन अन्तर्राष्ट्रिय […]

Mar 6, 2025 - 14:02
 0
एउटा पाङ्ग्राबिनै जनकपुरबाट काठमाडौं उड्यो बुद्ध एयर

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का (ल्यान्डिङ गियर) फुस्किएको छ ।

बिहीबार बेलुकी काठमाडौंका लागि उडेको बुद्ध एयरको (एन एएनएच) जहाजको चक्का फुस्किएको काठमाडौं अवतरण गरिसकेपछि मात्रै खुलेको हो ।

जनकपुरबाट ४:४५ मा  काठमाडौंका लागि उडेको उक्त जहाजको चक्का फुस्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।  जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको उनले जानकारी दिए ।

उनले भने, ‘पोस्ट फ्लाइट जाँच गर्दा नोज ल्याडिङ गियरको एउटा टायर भेटिएन । टायर नभेटिएपछि जनकपुर एयरपोर्टमा खोज्न लगाइयो र जनकपुरको एयरपोर्टको रनवेमा भेटिएको छ।’

उनका अनुसार अहिले जहाजलाई ग्राउन्डेड गरेर आन्तरिक छानबिन भइरहेको छ । जहाजमा  ६२ यात्रु सवार थिए  । उनीहरु सबै सुरक्षित रहेको बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register