ललितपुरमा बोरिङ गर्ने क्रममा निस्कियो आगोको ज्वाला

काठमाडौं । ललितपुरमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । महालक्ष्मी नगरपालिका-५ गोदावरी खोलानजिक बोरिङको पाइप गाड्ने क्रममा आगोको ज्वाला निस्किएको हो । आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर, आगो […]

Mar 4, 2025 - 05:51
 0
ललितपुरमा बोरिङ गर्ने क्रममा निस्कियो आगोको ज्वाला

काठमाडौं । ललितपुरमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ ।

महालक्ष्मी नगरपालिका-५ गोदावरी खोलानजिक बोरिङको पाइप गाड्ने क्रममा आगोको ज्वाला निस्किएको हो ।

आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर, आगो निभेको छैन ।

बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको अनुमान छ । तर, त्यसको विस्तृत विवरण भने नआइसकेको एसएसपी अधिकारीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register