बुधबार २५.१६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Mar 5, 2025 - 09:35
 0
बुधबार २५.१६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ९६ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register