२३५ जनसङ्ख्या रहेको कुसुण्डा जातिको संसद्‌मा चर्चा : एकीकृत बस्ती बनेर संरक्षण गरौँ

काठमाडौं । एमाले सांसद सूर्य थापाले संसद्‌मा कुसुण्डा जातिको संरक्षणका लागि एकीकृत बस्ती निर्माणको माग गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले कुसुण्डा जातिको विशेष संरक्षणका लागी सरकारले एकीकृत बस्तीमा निर्माण गर्नुपर्ने माग राखेका हुन् । थापाले कुसुण्डा जातिको संरक्षण र विकासका लागि सरकारले विशेष कार्यक्रमहरू ल्याउनुपर्ने बताए । देशभरमा कुसुण्डा जातिको जनसङ्ख्या […]

Mar 5, 2025 - 09:35
 0
२३५ जनसङ्ख्या रहेको कुसुण्डा जातिको संसद्‌मा चर्चा : एकीकृत बस्ती बनेर संरक्षण गरौँ

काठमाडौं । एमाले सांसद सूर्य थापाले संसद्‌मा कुसुण्डा जातिको संरक्षणका लागि एकीकृत बस्ती निर्माणको माग गरेका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले कुसुण्डा जातिको विशेष संरक्षणका लागी सरकारले एकीकृत बस्तीमा निर्माण गर्नुपर्ने माग राखेका हुन् ।

थापाले कुसुण्डा जातिको संरक्षण र विकासका लागि सरकारले विशेष कार्यक्रमहरू ल्याउनुपर्ने बताए । देशभरमा कुसुण्डा जातिको जनसङ्ख्या केवल २३५ रहेको र त्यसमध्ये १७० जना मात्र भौतिक रूपमा भेटिएको थापाले सदनलाई जानकारी गराएका थिए ।

थापाकाअनुसार भेटिएका १७० जनामध्ये ५१ जना प्युठानमा बस्दछन् ।

जनसङ्ख्या मात्र हैन, थापाले कुसुण्डाको मातृभाषा केवल एक जनाले मात्र बोल्ने भएकाले भाषा संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताए । निजामती र सुरक्षा निकायमा शून्य रहेको बताउँदै उनीहरूलाई जग्गाको लालपुर्जासमेत नरहेको बताए ।

“राज्यका निजामती तथा सुरक्षा निकायमा एक पिअन एक पिउठ र एक जवान सम्म छैनन् । आफ्नो घरजग्गाको लाल पुर्जा पनि छैन । भूमिहीन छन्” थापाले भने ।

सांसद थापाले सरकारसँग तत्काल एकीकृत बस्ती विकासको कार्यक्रम सुरु गर्न आग्रह गरेका छन् । सांस्कृतिक र भाषिक विरासतलाई संरक्षण गर्नुपर्ने थापाले माग गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register