‘युद्ध रोक’ भन्दै भारतीय दूतावासअगाडि शान्ति समाजको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले भारत र पाकिस्तान तनाव अन्त्य गर्न आज (शुक्रबार) भारतीय दूतावासअगाडि प्रदर्शन गरेको छ । संस्थापक अध्यक्ष कृष्ण पहाडीको अगुवाइमा समाजले प्रदर्शन गरेको हो । लैनचौरस्थित भारतीय दूतावासअघि पुगेर उनीहरूले ‘युद्ध रोक, शान्ति प्रवद्र्धन गर’ भन्दै प्रदर्शन गरेका हुन् । भारत र पाकिस्तानबीच यतिबेला तनावको स्थिति छ । दुई छिमेकी […]

May 9, 2025 - 07:15
 0
‘युद्ध रोक’ भन्दै भारतीय दूतावासअगाडि शान्ति समाजको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले भारत र पाकिस्तान तनाव अन्त्य गर्न आज (शुक्रबार) भारतीय दूतावासअगाडि प्रदर्शन गरेको छ ।
संस्थापक अध्यक्ष कृष्ण पहाडीको अगुवाइमा समाजले प्रदर्शन गरेको हो ।

लैनचौरस्थित भारतीय दूतावासअघि पुगेर उनीहरूले ‘युद्ध रोक, शान्ति प्रवद्र्धन गर’ भन्दै प्रदर्शन गरेका हुन् ।

भारत र पाकिस्तानबीच यतिबेला तनावको स्थिति छ । दुई छिमेकी देशबीच बिहीबार रातभर पनि गोलीबारी भएको थियो । दुई देशलाई छुट्याउने नियन्त्रण रेखामा मात्र नभई भारत र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चारमाध्यहरूले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानी सेनाले भारतका १५ भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको जनाएका छन् । पाकिस्तानी आक्रमणमा परी उरीमा एक भारतीय महिलाको मृत्यु भएको भारतीय पक्षको दाबी छ ।

भारतीय पक्षले पाकिस्तानी तीनवटा लडाकु विमान र एक जासुसी विमान खसालेको दाबी गरेको छ । भारतले दुईवटा जेएफ–१७ र एक एफ–१६ तथा एक जासुसी विमान खसालेको दाबी गरेको छ ।

उता पाकिस्तानले भने यसरी भारतमा आक्रमण नगरेको दाबी गरेको छ । तर भारतका एक दर्जनभन्दा बढी स्थानमा विस्फोटक घटना भएका छन् ।

यसअघि भारतले मंगलबार राति पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरेको थियो जसमा ३१ जनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।

भारततर्फ पनि एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register