महिला दिवसमा नेपाल समाचारपत्रकर्मी भगवती तिमल्सिना सम्मानित

काभ्रे । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नमो बुद्ध नगरपालिकाको कार्यालयमा आयोजित सम्मान तथा सांस्कृतिक कार्यक्रममा नेपाल समाचारपत्रका सह सम्पादक भगवती तिमल्सिनालाई सम्मान गरेको छ । नमो बुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाले पत्रकार तिमल्सिनालाई पत्रकारिता मार्फत समाज परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सघर्षसिल महिला भन्दै दोसल्ला ओढाई कदरपत्रद्धारा सम्मान गर्नुभयो । सोही अवसरमा नमो बुद्ध […]

Mar 9, 2025 - 02:50
 0
महिला दिवसमा नेपाल समाचारपत्रकर्मी भगवती तिमल्सिना सम्मानित

काभ्रे ।

११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नमो बुद्ध नगरपालिकाको कार्यालयमा आयोजित सम्मान तथा सांस्कृतिक कार्यक्रममा नेपाल समाचारपत्रका सह सम्पादक भगवती तिमल्सिनालाई सम्मान गरेको छ ।


नमो बुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाले पत्रकार तिमल्सिनालाई पत्रकारिता मार्फत समाज परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सघर्षसिल महिला भन्दै दोसल्ला ओढाई कदरपत्रद्धारा सम्मान गर्नुभयो । सोही अवसरमा नमो बुद्ध नगरपालिका वडा नं १० का वडा अध्यक्ष रामकृष्ण उपाध्यायलाई वडामा उत्कृष्ट काम गर्न सफल वडा अध्यक्ष हुनुभएको भन्दै प्रशंसा गर्दै दोसल्ला र कदरपत्रद्धारा सम्मान गर्नुभयो ।

उहाँले लोकतन्त्र ल्याउन पत्रकारहरूले खेलेको भूमिकाको चर्चा गर्दै अधिकारका लागि महिलाहरूले गाउँ गाउँबाट उठ्नुपर्छ । पत्रकार तिमल्सिनाले ३२ बर्ष अघि धुलिखेल नगरपालिका वडा नं ११ को गाउँबाट अठोटका साथ अघि नबढेको भए आज यो अवस्थामा पुग्नुहुने थिएन भन्नुभयो । उहाँले नगरपालिका भित्रका महिलाहरूको उत्थानका लागि आगामी वर्षको बजेटमा अहिले भन्दा दोब्बर गर्न आफू तयार भएको र महिला शाखा प्रमुख तारा सुनारलाई हरेक महिलाका समस्यालाई समेटेर योजना ल्याउन समेत भन्नुभयो ।


महिला दिवसका अवसरमा नमो बुद्ध नगरपालिकाले तीन दशक लामो पत्रकारिता क्षेत्रमा सक्रिय रही पत्रकारिताको माध्यमबाट महिलाका आवाजलाई प्रतिनिधित्व गर्दै समाजमा पुर्‍याउनुभएको योगदानको उच्च कदर सहित सम्मान गरिएको र आगामी दिनमा थप साथ र सहयोग पाइरहने विश्वास लिएको कुरा सम्मान पत्रमा उल्लेख गरिएको छ ।


कार्यक्रममा कार्यपालिका सदस्य सुशीला परियारले महिला दिवसका अवसरमा बोल्दै महिलालाई मुखमा टेप लगाएर बोल भन्ने र हतकडी लगाएर काम गर भनेझैँ भएको छ । सूचनाको पहिलो हक महिलालाई दिनुपर्छ । महिलालाई समान अधिकार कानुनी रूपमै दिइनुपर्छ । महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्नुभयो ।


सोही अवसरमा कक्षा १२ मा अध्ययनरत छात्रा मनिसा घोरसाईनेले नारीको दुःख अनि पिडा शीर्षकमा कविता वाचन गरी महिलाका दुःख र पिडालाई जस्ताको तस्तै उतारेकी थिइन । त्यस्तै मानवअधिकार कर्मी तथा पत्रकार भोजराज तिमल्सिनाले किन पुरुष दिवस मनाइन्न र महिला दिवस मनाइन्छ भन्ने बारेमा प्रष्ट पार्दै नेपाल पुरुषले जितेको देश भएकाले पुरुष दिवस नमनाएको प्रष्ट पार्नुभयो ।

१ सय जना पीडित हुँदा ९५ जना महिला पुरुषबाट पीडित हुने गरेको विभिन्न रिपोर्टमा आइसकेको कुरा औँल्याउनुभयो । उहाँले दिन दिनै घरघरमा राती भएपछि महिलाको गुहार गुहार, बचाउ, बचाउ भन्ने चित्कार सुनिन्छ । तर यस्तो चित्कार सुनेका छिमेकीले उज्यालो हुनासाथ गएर घर छोड भन्न सक्छन् । मिलेको परिवार छ भने छिमेकीले पनि सम्मान गर्छन् । त्यसैले हरेक व्यक्तिले आफ्नो इज्जत बचाउन आफैबाट सुरु गर्नुपर्छ । महिलाको सम्मान गर्नुपर्छ भन्नुभयो ।


सोही अवसरमा सम्मानित व्यक्ति तिमल्सिना र उपाध्यायले सम्मानले जिम्मेवारी थपिएको र सम्मान सम्हालेर राख्न अझ थप जिम्मेवार बन्न सहकार्यलाई बलियो बनाउन संविधानको अक्षरस पालना हुनुपर्ने बताए । नमो बुद्ध नपा वडा नं ३ का वडा अध्यक्ष रमेश तिवारीले नेपालमा महिला मात्र पीडित छैनन पुरुष पनि पीडित छन् । श्रीमती गरिब भई भन्न पुरुषले पाउँदैन तर कति परिवारमा श्रीमान् गरिब भएका कारण श्रीमतीले छोडेर हिँडेका घटना पनि छन् ।

सामाजिक सञ्जालको भुलभुलैयामा फसेर श्रीमानले विदेश गएर कमाएर पठाएको सम्पत्तिको दुरुपयोग गरी परिवारै उजाड पारेका घटना पनि छन् भन्नुभयो । त्यस्तै वडा नं ६ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता टीका बहादुर केसीले महिला दिवस र भेलाले अधिकार, नियम, कर्तव्य, कानुन संविधानमा व्यवस्था भए अनुसार त्यसको पालना गरी नेतृत्वमा आउन महिलाहरूलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा वक्तृत्वकलामा प्रथम, द्धितिय, तृतीय हुने छात्रालाई नगर प्रमुख लामाले कदर पत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको थियो । महिला शाखा प्रमुख सुनारले हरेक महिलामा भएको क्षमताको कदर गर्दै देश विकासका लागि लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा कलाकार कामना वली, कृष्ण समिर सुवेदी लगायतले गीत प्रस्तुत गरी नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुका साथ सहभागी महिला आमा, दिदी, बहिनीहरू, दाजुभाइहरूलाई एकसाथ नचाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register