सरकारलाई बालेनको काउन्टर : सरोज गुरागाईंलाई हाजिर हुन दिदैँनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई हाजिर नगराउने अडान लिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जवाफी पत्र पठाएका छन् । “काठमाडौं टावर” परियोजनासँग सम्बन्धित विवादका कारण प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई बालेनले बिदामा राखेका थिए । मेयर शाहले गुरागाईंले “त्रुटिपूर्ण कार्य” गरेको आरोप लगाउँदै मन्त्रालयलाई अर्को प्रमुख प्रशासकीय अधिकृतको […]

Mar 6, 2025 - 10:23
 0
सरकारलाई बालेनको काउन्टर : सरोज गुरागाईंलाई हाजिर हुन दिदैँनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई हाजिर नगराउने अडान लिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जवाफी पत्र पठाएका छन् ।

“काठमाडौं टावर” परियोजनासँग सम्बन्धित विवादका कारण प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई बालेनले बिदामा राखेका थिए ।

मेयर शाहले गुरागाईंले “त्रुटिपूर्ण कार्य” गरेको आरोप लगाउँदै मन्त्रालयलाई अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न वा स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न माग गरेका छन्।

मन्त्रालयले बुधबार गुरागाईलाई काम गर्ने वातावरण बनाइदिन भन्दै महानगरपालिकालाई पत्राचार गरेको थियो। यसको जवाफमा मेयर शाहले अहिलेको अवस्थामा हाजिर गराउन नसकिने ठोकुवा गरेका छन् ।

महानगरले आफ्नो पत्रमा “काठमाडौं टावर” सार्वजनिक-निजी साझेदारीमा आधारित परियोजना भएको र यस्ता परियोजनाहरूको सञ्चालन व्यवस्थापन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार साझेदारी बोर्ड र नगर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गरेको छ।

महानगरले अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुचारु राख्ने व्यवस्था मिलाएको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register