अर्थमन्त्री पौडेल मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर बर्न अस्पताल पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखराका मेयर धनराज आचार्यलाई घाइते भएका थिए । उनीहरू दुवै जनालाई उपचारका लागि कीर्तिपुर ल्याइएको थियो । राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल […]

Feb 16, 2025 - 06:18
 0
अर्थमन्त्री पौडेल मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर बर्न अस्पताल पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखराका मेयर धनराज आचार्यलाई घाइते भएका थिए । उनीहरू दुवै जनालाई उपचारका लागि कीर्तिपुर ल्याइएको थियो ।

राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर अर्थमन्त्री पौडेल  र पोखरा महानगरपालिकाका मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा  अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा निस्किएको आगोको भिल्काले टिपेपछि बेलुन पड्किएको थियो। अर्थमन्त्री  पौडेलको अनुहारको भागमा ५/६ प्रतिशत जलन भएको उपचाररत चिकित्सकले जनाएका छन् ।

मेयर आचार्यको गालाको बायाँ पट्टीको कान नजिकैको भाग र हातमा जलन भएको छ । उनीहरू दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register