नेता कमजोर नभई नीतिगत त्रुटीले पार्टी कमजोर : उपहासचिव हरिबोल गजुरेल

बनियानी, १९ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको आज आठौं पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै नेता गजुरेलले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको नेता–कार्यकर्ता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो । पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउनुहुँदै उहाँले [...] The post नेता कमजोर नभई नीतिगत त्रुटीले पार्टी कमजोर : उपहासचिव हरिबोल गजुरेल appeared first on Jhapa Online.

Feb 1, 2025 - 02:38
 0
नेता कमजोर नभई नीतिगत त्रुटीले पार्टी कमजोर : उपहासचिव हरिबोल गजुरेल

बनियानी, १९ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको आज आठौं पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै नेता गजुरेलले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको नेता–कार्यकर्ता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउनुहुँदै उहाँले सुधारात्मक अन्तरविरोध आवश्यक रहेको औंल्याउनुभयो । “पार्टीलाई मजबुद बनाउन सबै नेता–कार्यकताहरु तल्लो तहमा उत्रिएर वैचारिक रुपमा नागरिकलाई संगठित गर्नुपर्छ”, प्रदेश नं. १ का इञ्चार्ज समेत रहनुभएका उहाँले भन्नुभयो, “अब युवाहरु जाग्नु पनि जाग्नुपर्छ ।”

पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटीले गर्दा पार्टी कमजोर भएको उहाँले उल्लेख गर्नुभयो । “बिरुवा आधुनिक भए पनि परम्परागत रुपमा मजलज गर्दा प्रतिफल पाउन सकिँदैन”, उहाँले भन्नुभयो, “हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नु पर्छ ।”

The post नेता कमजोर नभई नीतिगत त्रुटीले पार्टी कमजोर : उपहासचिव हरिबोल गजुरेल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register