तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलामा ३ सय, बुधबार ९ सय र मङ्गलबार १ हजार […]

Mar 7, 2025 - 05:00
 0
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलामा ३ सय, बुधबार ९ सय र मङ्गलबार १ हजार ४ सय रूपैयाँले बढेको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register