एनसेल बन्यो नेपाल सुपर लिग २०२५ को शीर्ष प्रायोजक

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ को शीर्ष प्रायोजक बनेको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले एनसेललाई शीर्ष प्रायोजकका रूपमा घोषणा गरेको हो । एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो । तेस्रो संस्करण आगामी २९ मार्चदेखि सुरु हुँदैछ । यस संस्करणमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी प्रतिस्पर्धा गर्नेछन् ।  

Mar 7, 2025 - 10:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register