संसदमा वेथिति : मापदण्डविपरीत कर्मचारी नियुक्ति गर्दा  १९ करोड ४१ लाख खर्च

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सांसदहरूले मापदण्ड विपरीत सचिवालय सदस्य नियुक्त गरेर १९ करोड ४१ लाख खर्च गरेको तथ्य सार्वजनिक गरेको छ । आफ्नो ६२ औँ प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले यस्तो अनियमितता औँल्याएको छ । ‘सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को दफा ५ मा आफ्नो कार्यकालमा पदाधिकारी र सदस्यले निजी […]

May 14, 2025 - 14:42
 0
संसदमा वेथिति : मापदण्डविपरीत कर्मचारी नियुक्ति गर्दा  १९ करोड ४१ लाख खर्च

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सांसदहरूले मापदण्ड विपरीत सचिवालय सदस्य नियुक्त गरेर १९ करोड ४१ लाख खर्च गरेको तथ्य सार्वजनिक गरेको छ । आफ्नो ६२ औँ प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले यस्तो अनियमितता औँल्याएको छ ।

‘सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को दफा ५ मा आफ्नो कार्यकालमा पदाधिकारी र सदस्यले निजी सचिवालयको लागि अनुसूची-२ मा उल्लेख भए बमोजिम कर्मचारी सुविधा पाउने व्यवस्था छ। अनुसूचीमा विभिन्न पदाधिकारी तथा सदस्यहरूको सचिवालयमा रहने कर्मचारीको दर्जा र सङ्ख्या उल्लेख भए तापनि कर्मचारीहरूको योग्यता र पदपूर्ति प्रक्रियाबारे उल्लेख छैन,’ प्रतिवेदनमा भनिएको छ ।

सचिवालयका कर्मचारीको शैक्षिक योग्यता मापदण्ड विनै नियुक्त गरेर तलब सुविधा दिइएको महालेखाले भनेको छ । ‘यस वर्ष निजी सचिवालयका अधिकृतस्तरका ३१७ र सहायस्तरका ११६ गरी ४३३ कर्मचारीको पारिश्रमिकमा १९ करोड ४१ लाख खर्च भएको छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

मेडिकल खर्चमा ८५ लाख ५१ हजार खर्च

औषधी उपचारमा यस वर्ष ३० लाख ४२ हजार खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै, औषधी खरिदमा २८ लाख ९५ हजार, मेडिकल बोर्ड बैठक भत्तामा ३ लाख रूपैयाँ र काजमा रहेका स्वास्थ्य सेवाका ३ जनालाई २३ लाख १४ हजार गरी ८५ लाख ५१ हजार खर्च भएको छ ।

सङ्घीय संसद सचिवालयको यो वर्ष रू.१६ लाख ३९ हजार बेरुजु देखिएको छ ।  प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि रू.१ लाख ५४ हजार फर्स्यौट गरेकोले रू.१४ लाख ८५ हजार बेरुजु बाँकी रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register