एटीएम रहेको स्थानमा अब सम्बन्धित बैंकले कर्मचारीको नाम र सम्पर्क नम्बर राख्नुपर्ने
काठमाडौं । एटीएम रहेको स्थानमा अब सम्बन्धित बैंकले कर्मचारीको नाम र सम्पर्क नम्बर राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा नयाँ संशोधन गर्दै एटीएम कारोबारसम्बन्धी ग्राहक सुविधा सुधार गर्ने निर्देशन दिएको हो । “एटीएम कारोबारसम्बन्धमा ग्राहकलाई तत्काल कुनै जानकारी वा सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम र सम्पर्क मोबाइल नं. तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नं. नेपाली र अंग्रेजी भाषामा ग्राहकले प्रष्टसँग देख्ने र बुझ्न...

What's Your Reaction?






