स्थानीय सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : सभापति देउवा

जनकपुरधाम । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले हरेक समस्यामा साथ हुने सरकार भनेको नै स्थानीय सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । महोत्तरीको मनरा शिसवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा देउवाले जनप्रतिनिधिले आफूलाई जनताको सेवकको रूपमा लिएर काम गर्नुपर्ने बताए । उनले जनताको सेवा नै सर्वोपरि कर्तव्य, लक्ष्य भएको बताए । […]

Mar 7, 2025 - 11:54
 0
स्थानीय सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : सभापति देउवा

जनकपुरधाम । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले हरेक समस्यामा साथ हुने सरकार भनेको नै स्थानीय सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

महोत्तरीको मनरा शिसवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा देउवाले जनप्रतिनिधिले आफूलाई जनताको सेवकको रूपमा लिएर काम गर्नुपर्ने बताए । उनले जनताको सेवा नै सर्वोपरि कर्तव्य, लक्ष्य भएको बताए ।

देउवाले भने, “मेयर, उपमेयर, वडा अध्यक्षहरूले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ।”

देउवाले स्थानीय तहले कृषि, पर्यटनलगायत क्षेत्रमा आधुनिकीकरण गरेर आर्थिक प्रगति गर्न सीपमुलक तालिमको अभियान सुरु गरेर ठूलो मात्रामा स्थानीय रोजगारी सिर्जना गर्न सक्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register