अमेरिकामा १५ वर्षपछि गोली हानेर दिइयो मृत्युदण्ड

काठमाडौं । अमेरिकाको दक्षिण क्यारोलिना राज्यका एक पुरुषलाई आफ्नी पूर्वप्रेमिकाका आमाबाबुको हत्या कसुरमा मृत्युदण्ड दिइएको छ । बीबीसीकाअनुसार ६७ वर्षीय ब्राड सिग्मनलाई शुक्रबार गोली हानी मारिएको हो । अमेरिकामा पछिल्लो १५ वर्षमा गोली हानेर कसैलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । सिग्मनले सन् २००१ मा आफ्नी पूर्व प्रेमिकालाई अपहरण गर्नुअघि उनका आमाबाबुलाई बेसबल ब्याटले […]

Mar 8, 2025 - 05:51
 0
अमेरिकामा १५ वर्षपछि गोली हानेर दिइयो मृत्युदण्ड

काठमाडौं । अमेरिकाको दक्षिण क्यारोलिना राज्यका एक पुरुषलाई आफ्नी पूर्वप्रेमिकाका आमाबाबुको हत्या कसुरमा मृत्युदण्ड दिइएको छ ।

बीबीसीकाअनुसार ६७ वर्षीय ब्राड सिग्मनलाई शुक्रबार गोली हानी मारिएको हो ।

अमेरिकामा पछिल्लो १५ वर्षमा गोली हानेर कसैलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।

सिग्मनले सन् २००१ मा आफ्नी पूर्व प्रेमिकालाई अपहरण गर्नुअघि उनका आमाबाबुलाई बेसबल ब्याटले मारेका थिए ।

सिग्मनले आफूलाई गोली हानी मार्न अनुरोध गरेका थिए ।

अमेरिकामा मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिलाई आफ्नो मृत्यु रोज्न तीन विकल्प दिइन्छ । पहिलो, घातक सुई । दोस्रो, विद्युतीय कुर्सी । तेस्रो, गोली ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register