इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो

काठमाडौं । इजरायलले गाजामा तत्काल प्रभावबाट बिजुली आपूर्ति बन्द गर्ने बताएको छ । ऊर्जामन्त्री एली कोहेनले बाँकी ५९ बन्धकहरूको रिहाइका लागि हमासमाथि दबाब दिने उद्देश्यले यो कदम चालिएको बताए । इजरायल विद्युत् निगमलाई उक्त क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको उनले जानकारी दिए । ‘मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको […]

Mar 10, 2025 - 03:21
 0
इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो

काठमाडौं । इजरायलले गाजामा तत्काल प्रभावबाट बिजुली आपूर्ति बन्द गर्ने बताएको छ ।

ऊर्जामन्त्री एली कोहेनले बाँकी ५९ बन्धकहरूको रिहाइका लागि हमासमाथि दबाब दिने उद्देश्यले यो कदम चालिएको बताए ।

इजरायल विद्युत् निगमलाई उक्त क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको उनले जानकारी दिए ।

‘मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको छु । हामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मूलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौं,’ उनले भने ।

गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारीसाधनहरूको बाटो अवरुद्ध गरेको थियो । ऊर्जामन्त्री कोहेनले पानी आपूर्ति बन्द गर्ने बारेमा पनि सोचिरहेको बताए ।

इजरायलले हमासले आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन स्वीकार गरोस् भन्ने चाहन्छ ।

तर हमासले भने युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहन्छ ।

गाजा सम्झौता ‘पूर्ण रूपमा’ कार्यान्वयन गर्न नेतन्याहूलाई आग्रह

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register