ट्रम्पसँगको पत्रकार सम्मेलनमा मोदीले भने : युक्रेन–रुस द्वन्द्वमा भारत तटस्थ नभएपनि शान्तिको पक्षमा छ

काठमाडौं । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले युक्रेन–रुस द्वन्द्वमा भारत तटस्थ नरहेपनि शान्तिको पक्षमा रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पत्रकार सम्मेलनमा मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्धबारे भारतको धारणा राखेका हुन् । ‘मानिसहरू सोच्छन् – भारत रुस–युक्रेन द्वन्द्वमा तटस्थ रह्यो, तर यो गलत हो,’ उनले भने, ‘भारत शान्तिको पक्षमा रहेको […]

Feb 14, 2025 - 02:39
 0
ट्रम्पसँगको पत्रकार सम्मेलनमा मोदीले भने : युक्रेन–रुस द्वन्द्वमा भारत तटस्थ नभएपनि शान्तिको पक्षमा छ

काठमाडौं । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले युक्रेन–रुस द्वन्द्वमा भारत तटस्थ नरहेपनि शान्तिको पक्षमा रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पत्रकार सम्मेलनमा मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्धबारे भारतको धारणा राखेका हुन् ।

‘मानिसहरू सोच्छन् – भारत रुस–युक्रेन द्वन्द्वमा तटस्थ रह्यो, तर यो गलत हो,’ उनले भने, ‘भारत शान्तिको पक्षमा रहेको छ । दुबै पक्षले वार्ता गर्नुपर्छ भनेर हामीले सधैं भन्दै आएका छौं ।’

मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको प्रशंसासमेत गरे ।

ट्रम्पले भने रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँगको आफ्नो फोन वार्ताका बारेमा कुरा गरे । वार्ताले युक्रेनमा युद्ध अन्त्य गर्ने सुरुवात गर्नेमा उनले आशा पनि व्यक्त गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा पनि लेखेका छन्, ‘रुस र युक्रेनसँग सकारात्मक वार्ता भएको छ । युद्ध अन्त्य हुने सम्भावना छ ।’

यसअघि बुधबार ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग फोनमा कुरा गरेको र उनीसँग भेट्ने तयारी भएको बताएका थिए ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पको रुस–युक्रेन युद्धको टिप्पणीबारे आफ्नो धारणा राखेका छन् । उनले भनेका छन्, ‘आफैँले यसमा भाग नलिएसम्म युक्रेनले युद्धको कुनै पनि सम्झौता स्वीकार गर्दैन ।’

अमेरिका पुगे मोदी, ट्रम्पलाई भेट्ने तयारीमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register