युवराज सङ्ग्रौला प्रकरणबारे नेविसङ्घले भन्यो : यौन उत्पीडनमा परेकी छात्रालाई न्याय दिलाउन दृढ छौं

काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल), भक्तपुरमा अध्ययनरत एक छात्राले आफूमाथि यौन उत्पीडन तथा लैङ्गिक दुव्र्यवहार भएको र क्याम्पस प्रशासनमा उजुरी दिँदासमेत महिनौंसम्म कुनै पनि सुनुवाइ नभएको अनुभव सार्वजनिक गरेको घटनाप्रति नेपाल विद्यार्थी सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले सोमबार विज्ञप्ति जारी गर्दै […]

Mar 10, 2025 - 05:18
 0
युवराज सङ्ग्रौला प्रकरणबारे नेविसङ्घले भन्यो : यौन उत्पीडनमा परेकी छात्रालाई न्याय दिलाउन दृढ छौं

काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल), भक्तपुरमा अध्ययनरत एक छात्राले आफूमाथि यौन उत्पीडन तथा लैङ्गिक दुव्र्यवहार भएको र क्याम्पस प्रशासनमा उजुरी दिँदासमेत महिनौंसम्म कुनै पनि सुनुवाइ नभएको अनुभव सार्वजनिक गरेको घटनाप्रति नेपाल विद्यार्थी सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सत्तारुढ दल नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले सोमबार विज्ञप्ति जारी गर्दै आफूमाथि भएको दुव्र्यवहार सामाजिक सञ्जालमार्फत राख्दासमेत सुनुवाइ नभएकाले न्याय दिलाउन आफूहरू लागिपर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘कानुन अध्ययन हुने शैक्षिक संस्थामा विद्यार्थीमाथि निरन्तर यौन उत्पीडन तथा दुव्र्यवहार भइरहनु र सम्बन्धित विद्यार्थीले क्याम्पस प्रशासनमा उजुरी दिँदासमेत सुनुवाइ नहुनु अत्यन्तै निन्दनीय, अमानवीय र अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ,’ तसर्थ यस घटनामा नेविसङ्घ पीडित विद्यार्थीलाई न्याय दिलाउन र यस्ता घटनाहरू दोहोरिन नदिन दृढ रूपमा प्रतिबद्ध छ ।’

केएसएलकी एक छात्राले पूर्वमहान्यायाधिवक्तासमेत रहेका कलेजकै कार्यकारी निर्देशक डा. युवराज सङ्ग्रौलाले बारम्बार यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । सङ्ग्रौलाले मौखिक यौन दुव्र्यवहार गरेको ती विद्यार्थीको आरोप छ ।

पूर्व महान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले ‘यौन दुर्व्यवहार’ गरेको विद्यार्थीको आरोप

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register