हङकङविरुद्ध मैदानमा उत्रँदै नेपाल, तेस्रो खेलमा पनि शतप्रतिशत जितको खोजीमा

काठमाडौं । जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले आज (बुधबार) हङकङविरुद्ध मैदानमा उत्रँदैछ । खेल तल्लो मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ । यसर्थ आज नेपाल तेस्रो खेलमा पनि शतप्रतिशत जित निकाल्ने लक्ष्यमा हुनेछ । किनकि विश्वकपमा […]

Apr 16, 2025 - 03:58
 0
हङकङविरुद्ध मैदानमा उत्रँदै नेपाल, तेस्रो खेलमा पनि शतप्रतिशत जितको खोजीमा

काठमाडौं । जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले आज (बुधबार) हङकङविरुद्ध मैदानमा उत्रँदैछ । खेल तल्लो मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ । यसर्थ आज नेपाल तेस्रो खेलमा पनि शतप्रतिशत जित निकाल्ने लक्ष्यमा हुनेछ । किनकि विश्वकपमा एउटा टोलीले मात्र स्थान बनाउने भएकाले सबै खेल उत्तिकै महत्वपूर्ण छन् ।

पहिलो खेलमा यूएईमाथि डीएल पद्दतिअनुसार जित हासिल गरेको नेपालले दोस्रो खेलमा ओमानलाई सहजै हराएको थियो ।

उता अफगानिस्तानले पनि आफ्ना दुवै खेल जितेको छ । यसैले यसपटकको छनोटमा अफगानिस्तानको उपस्थिति नेपालका लागि थप चुनौती बनेको छ । छनोटको तयारीका क्रममा नेपालले अफगानिस्तानसँग ३ खेलको शृङ्खला खेलेको थियो, जसमा नेपालले १ खेल जित्दा २ खेल गुमाएको थियो ।

पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो जित निकाल्दै अफगानिस्तान नेपालसँगै समान २ जित भएपनि नेट रनरेटमा धेरै अगाडि छ ।

आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मूलपानी क्रिकेट मैदानमा खेल्दैछ । नेपाल र अफगानिस्तान आफ्ना खेलमा विजयी भएमा यी दुई टोली शीर्षको होडमा बाँकी रहने छन् ।

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोट प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले यू–१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register