कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने पक्का

काठमाडौं । जस्टिन ट्रुडोपछि मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्रीको दौडमा उनले तीन प्रतिद्वन्द्वीलाई सहजै अछिनेपछि उनी सरकारको नेतृत्वकर्तामा जिम्मेवारीमा आउन लागेका हुन् । कार्नीले बेलायत र क्यानडाका केन्द्रीय बैंकहरूको नेतृत्व गरिसकेका छन् । कार्नी हाल क्यानडाको लिबरल पार्टीमा आबद्ध छन् । ट्रुडोलाई आफ्नै पार्टीभित्रबाट राजीनामा दिन बढ्दो दबाबको सामना गर्नुपरेको थियो । […]

Mar 10, 2025 - 06:39
 0
कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने पक्का

काठमाडौं । जस्टिन ट्रुडोपछि मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्रीको दौडमा उनले तीन प्रतिद्वन्द्वीलाई सहजै अछिनेपछि उनी सरकारको नेतृत्वकर्तामा जिम्मेवारीमा आउन लागेका हुन् ।

कार्नीले बेलायत र क्यानडाका केन्द्रीय बैंकहरूको नेतृत्व गरिसकेका छन् । कार्नी हाल क्यानडाको लिबरल पार्टीमा आबद्ध छन् ।

ट्रुडोलाई आफ्नै पार्टीभित्रबाट राजीनामा दिन बढ्दो दबाबको सामना गर्नुपरेको थियो । त्यसपछि उनले नौ वर्ष प्रधानमन्त्रीको रूपमा सेवा गरेपछि जनवरीमा राजीनामाको घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको पद स्वीकार गर्दै कार्नीले भने, ‘हाम्रो देशले कालो दिनको सामना गरिरहेको छ, जुन त्यस्तो देशबाट आएको छ जसलाई हामी अब विश्वास गर्न सक्दैनौं ।’ उनको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो ।

ट्रम्पलाई पठाएको सन्देशमा कार्नीले ‘अमेरिकीहरूले हामीलाई सम्मान नगरेसम्म’ अमेरिकी सामानहरूमा पारस्परिक कर लगाउन जारी राख्ने वाचा गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register