सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा बुधबार सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो । मङ्गलबार सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन तोलामा २ हजार […]

Apr 16, 2025 - 05:59
 0
सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा बुधबार सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

मङ्गलबार सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो ।

यसअघि आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड राखेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register