उपाधि विजेता भारतीय खेलाडीले लगाएको ‘ह्वाइट ज्याकेट’ के हो ?

काठमाडौं । अपराजित रहँदै भारतीय क्रिकेट टोलीले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि उचाल्यो । दुबईमा आइतबार भएको फाइनलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्‍यो । गत वर्ष टी-२० विश्वकपको उपाधि जितेपछि आईसीसी प्रतियोगितामा भारतले उचालेको यो लगातार दोस्रो उपाधि हो । ट्रफी उचाल्नुअघि भारतका हरेक खेलाडीले ज्याकेट लगाएका थिए । निलो जर्सीमा चमिएको त्यो ह्वाइट […]

Mar 10, 2025 - 06:42
 0
उपाधि विजेता भारतीय खेलाडीले लगाएको ‘ह्वाइट ज्याकेट’ के हो ?

काठमाडौं । अपराजित रहँदै भारतीय क्रिकेट टोलीले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि उचाल्यो ।

दुबईमा आइतबार भएको फाइनलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्‍यो । गत वर्ष टी-२० विश्वकपको उपाधि जितेपछि आईसीसी प्रतियोगितामा भारतले उचालेको यो लगातार दोस्रो उपाधि हो ।

ट्रफी उचाल्नुअघि भारतका हरेक खेलाडीले ज्याकेट लगाएका थिए । निलो जर्सीमा चमिएको त्यो ह्वाइट ज्याकेटले उपाधि उचालेको क्षणलाई थप यादगार बनाइदियो । यसबीच ह्वाइट ज्याकेटको बारेमा जिज्ञासा बढेको छ । के हो यो ज्याकेट ? कहिलेदेखि लगाउन थालियो ? जानौँ –

के हो ह्वाइट ज्याकेट ?

ह्वाइट ज्याकेटको चेस्ट पकेटमा प्रतियोगिताको लोगो स्वर्ण रङ्गको धागोले बुनिएको थियो । जसरी गल्फमा मास्टर्स टुर्नामेन्ट जितेपछि ग्रीन ज्याकेटलाई अमूल्य उपहार मानिन्छ, त्यसरी नै च्याम्पियन्स ट्रफीको विजेताले उक्त ह्वाइट ज्याकेट आजीवन राख्न पाउँछन् ।

ह्वाइट ज्याकेट च्याम्पियन्सलाई प्रदान गरिने ब्याज अफ अनरको रुपमा लिइन्छ । ह्वाइट ज्याकेटले च्याम्पियन बन्न एउटा टोलीले गर्ने योगदान, परिश्रम र लगनशीलतालाई झल्काउँछ ।

पाकिस्तान क्रिकेटमा ३ दशकभन्दा बढिको योगदान पुर्‍याएका वसिम अक्रमले रणनीतिक कौशलको र आगामी पुस्तालाई प्रेरित गर्ने एउटा तक्मा भएको बताउँछन् ।

“ह्वाइट ज्याकेट महानताको प्रतीक हो । यसले विश्व क्रिकेट जगतमा नै एउटा उत्साह थप्ने गर्दछ,” प्रतियोगिता सुरु हुनअघि ह्वाइट ज्याकेट सार्वजनिक गर्दै अक्रमले भनेका थिए ।

ह्वाइट ज्याकेटको परम्परा

च्याम्पियन्स ट्रफी सन् १९९८ देखि सुरु भएपनि च्याम्पियन्सलाई ह्वाइट ज्याकेट लगाइदिने परम्परा भने छैँठौं सिजनमा मात्र सुरु भएको थियो ।

दक्षिण अफ्रिकामा आयोजना भएको त्यस संस्करणमा च्याम्पियन बनेर ह्वाइट ज्याकेट लगाउने अष्ट्रेलिया पहिलो विजेता टोली बन्यो । त्यस खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

यसपश्चात सातौं र आठौं संस्करण भने इङ्ल्याण्ड र वेल्समा आयोजना भयो । सन् २०१३ मा इङ्ल्याण्डलाई ५ रनले पराजित गर्दै भारतीय टोलीले पहिलो पटक ह्वाइट ज्याकेट लगाएको थिए ।

यद्यपि, सन् २०१७ मा भने पाकिस्तानले भारतलाई १८० रनले पराजित गर्दै ह्वाइट ज्याकेटलाई आफ्नो बनाउन सफल भएको थियो ।

कसरी सबै खेलाडीलाई ह्वाइट ज्याकेट ठीक्क भयो ?

ट्रफी लिन अगाडि सबै खेलाडीलाई एकपछि अर्को खेलाडीलाई ह्वाइट ज्याकेट लगाइयो । तर, एउटा कौतहुल्ता यो पनि हुनसक्छ कि कसरी सबै ज्याकेट सबै खेलाडीलाई चिटिक्कै सुहायो ?

आईसीसीको इभेन्टमा फ्याशनलाई विशेष ध्यान दिने गरिन्छ । यसकारण पनि हरेक ह्वाइट ज्याकेट सबै खेलाडीलाई फिट होस् भन्ने कुराको पनि ख्याल गरिन्छ ।

ह्वाइट ज्याकेटलाई कस्टम–मेड ज्याकेट पनि भन्न सकिन्छ । यसकारण आईसीसीले फाइनल पुगेका दुवै टोलीका खेलाडीहरुको नापका लागि टेलर दर्जीलाई पठाइन्छ ।

यस ज्याकेटलाई उच्च गुणस्तरको इटालियन ऊनले बनाइन्छ । साथै, स्वर्ण ब्रेडिङ (स्वर्ण रङ्ग)को थागोले लोगो पनि लगाइन्छ । यसले च्याम्पियन्सलाई थप पृथक र विशेष बनाउँछ । पहिलो ह्वाइट ज्याकेट मुम्बईकी डिजाइनर बबिता एमले डिजाइन गरेकी थिइन् ।

न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो कीर्तिमानी तेस्रो उपाधि, लियो २५ वर्षअघिको बदला

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register