अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्यान्ड समूह चरणबाटै बाहिरियो

काठमाडौं । इङ्ग्ल्यान्ड अफगानिस्तानसँग पराजित हुँदै च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा बुधबार राति सकिएको खेलमा इङ्ल्यान्ड ८ विकेटले पराजित हुँदै प्रयिोगिताको समूह चरणबाटै बाहिरिएको हो । तीन सय २६ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो । इङ्ग्ल्यान्डका लागि जो रुटले शतकीय पारी खेल्दै सर्वाधिक १२० […]

Feb 27, 2025 - 00:19
 0
अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्यान्ड समूह चरणबाटै बाहिरियो

काठमाडौं । इङ्ग्ल्यान्ड अफगानिस्तानसँग पराजित हुँदै च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा बुधबार राति सकिएको खेलमा इङ्ल्यान्ड ८ विकेटले पराजित हुँदै प्रयिोगिताको समूह चरणबाटै बाहिरिएको हो ।

तीन सय २६ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो ।

इङ्ग्ल्यान्डका लागि जो रुटले शतकीय पारी खेल्दै सर्वाधिक १२० रन जोडे । यद्यपि उनले आफ्नो टोलीलाई जिताउन सकेनन् ।

अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले सर्वाधिक ५ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रनको बलियो योगफल तयार गरेको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जाद्रानले शतकीय पारी खेल्दै सर्वाधिक १७७ रन जोडेका थिए ।

इङ्ल्यान्डका लागि जोफा आर्चरले सर्वाधिक ३ विकेट लिए ।

अफगानिस्तानले परम्परागत बलियो टोली इङ्ग्ल्यान्डमाथि एकदिवसीय (ओडीआई) क्रिकेटमा दोस्रो पटक जित हासिल गरेको हो । दुई वर्षअघि भारतमा भएको विश्वकपमा पनि अफगानिस्तान विजयी भएको थियो ।

पहिलो खेलमा पनि पराजित भएको इङ्ग्ल्यान्ड लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । इङ्ग्ल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

जितसँगै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । सेमिफाइनलमा स्थान बनाउन अफगानिस्तानले शुक्रबार हुने खेलमा अष्ट्रेलियालाई पराजित गर्नु पर्ने हुन्छ ।

अफगानिस्तान पराजित भएमा दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछन् ।

पहिलो जितको खोजीमा रहेका अफगानिस्तान र इङ्ग्ल्यान्ड आमने–सामने

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register