सहकारी चोरी प्रकरण: घटना भएको एक बर्षपछि अध्यक्षसहित पाँचजना पक्राउ

डडेल्धुरा।  डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–४ कटालस्थित शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट रकम चोरी भएको एकबर्षपछि प्रहरीले सहकारी संस्थाका अध्यक्षसहित कर्मचारीलाई पक्राउ गरेको छ । लामो अनुसन्धानका क्रममा चोरीमा संलग्न ब्यक्तिको पहिचान हुन नसकेपछि प्रहरीले अनुसन्धानका क्रममा सहकारी संस्थाका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्टसहित पाँच जना सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरेको […]

Mar 10, 2025 - 10:29
 0
सहकारी चोरी प्रकरण: घटना भएको एक बर्षपछि अध्यक्षसहित पाँचजना पक्राउ

डडेल्धुरा। 

डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–४ कटालस्थित शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट रकम चोरी भएको एकबर्षपछि प्रहरीले सहकारी संस्थाका अध्यक्षसहित कर्मचारीलाई पक्राउ गरेको छ ।

लामो अनुसन्धानका क्रममा चोरीमा संलग्न ब्यक्तिको पहिचान हुन नसकेपछि प्रहरीले अनुसन्धानका क्रममा सहकारी संस्थाका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्टसहित पाँच जना सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

गत बर्ष चैत्र २५ गते सहकारी कार्यालयबाट ११ लाख १३ हजार चार सय ९६ रुपैयाँ चोरी भएको भन्दै सहकारी संस्थाका तर्फबाट प्रहरीमा उजुरी परेको थियो । सहकारी संस्थाको कार्यालयबाट झ्याल फोडेर नगदसहित सीसीटीभी क्यामराको डिभाईस चोरी भएको सहकारी संस्थाले जनाएको छ । घटनामा सहकारी संस्थाका कर्मचारी र सञ्चालकहरुको समेत मिलोमतो हुनसक्ने आधारहरु देखिएकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register