प्रतिगामी र प्रतिक्रान्तिकारीले स्पेस पाएको महसुस गर्न थाले : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् । पार्टीको सहायक सङ्गठन वाइसीएल नेपालको बैठक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेला-बेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक […]

Mar 11, 2025 - 07:27
 0
प्रतिगामी र प्रतिक्रान्तिकारीले स्पेस पाएको महसुस गर्न थाले : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् ।

पार्टीको सहायक सङ्गठन वाइसीएल नेपालको बैठक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेला-बेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक नहुने उल्लेख गर्दै प्रचण्डले त्यस्ता प्रयासका विरुद्ध अझ बढी सङ्गठित र सशक्त भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हुने बताए ।

अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै उनले यसलाई क्रान्तिकारीहरुले क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्ने बताए ।

आफ्नो पार्टीले ०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारी बीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप सङ्घर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरिएको स्मरण गराउँदै उनले अहिले त्यही सङ्घर्षको बिन्दु सुरु भएको स्पष्ट पारे ।

गणतन्त्रको विकल्प कुनै पनि नामको निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उनको भनाइ छ ।

उनले युवालाई प्रतिगमनको मतियार बनाउने खतरा बढेकाले आम युवाहरुलाई अग्रगमनका लागि थप सचेत र सङ्गठित गर्नुपर्ने बेला आएको पनि बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register