प्रधानमन्त्री कप : गण्डकीले कर्णालीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीले कर्णालीलाई पराजित गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । ९२ रनको सामान्य लक्ष्य गण्डकीले २९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । गण्डकीका लागि दीपक डुम्रेले अर्धशतकीय पारीले जित सुनिश्चित गर्‍यो । ७८ बलमा ७ चौका प्रहार गरेका […]

Mar 11, 2025 - 07:57
 0
प्रधानमन्त्री कप : गण्डकीले कर्णालीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीले कर्णालीलाई पराजित गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो ।

९२ रनको सामान्य लक्ष्य गण्डकीले २९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

गण्डकीका लागि दीपक डुम्रेले अर्धशतकीय पारीले जित सुनिश्चित गर्‍यो । ७८ बलमा ७ चौका प्रहार गरेका दीपक ५० रनमा अविजित रहे ।

सुजन २२ गौतममा अविजित रहे ।

कर्णालीका लागि दीवान पुनले ३ विकेट लिए । दीपेन्द्र रावतले २ तथा युनिस ठकुरीले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा ९१ रनमा अलआउट भएको थियो । कर्णालीका लागि विपिन शाहीले २० तथा अर्जुन घर्तीले १७ रन बनाए ।

गण्डकीका लागि चन्द्र पौडेल, सुवास भण्डारी, विपिन खत्रीले २-२ तथा सन्दीप पराजुली र अमृत गुरुङले १-१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register