अवैध रुपमा अमेरिका छिर्न खोज्ने दुई नेपाली नागरिकमाथि गोली प्रहार, दुई जनालाई नै प्रहरीले समात्यो

काठमाडौँ । अवैध रुपमा अमेरिका छिर्न खोज्ने दुईजना नेपाली नागरिकमाथि गोली प्रहार गरिएको छ । मंगलबार राति डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि गोली प्रहार गरिएको हो ।  गोली प्रहारपछि उनीहरु दुवैजनालाई अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेशन (एएमओ)ले पक्राउ गरेको छ । […]

Mar 11, 2025 - 08:15
 0
अवैध रुपमा अमेरिका छिर्न खोज्ने दुई नेपाली नागरिकमाथि गोली प्रहार, दुई जनालाई नै प्रहरीले समात्यो

काठमाडौँ । अवैध रुपमा अमेरिका छिर्न खोज्ने दुईजना नेपाली नागरिकमाथि गोली प्रहार गरिएको छ । मंगलबार राति डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि गोली प्रहार गरिएको हो । 

गोली प्रहारपछि उनीहरु दुवैजनालाई अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेशन (एएमओ)ले पक्राउ गरेको छ ।

दुई नेपाली नागरिकसँगै अन्य नौ जनालाई पनि नियन्त्रणमा लिइएको सीबीपीले जनाएको छ । पक्राउ परेका नेपालीसहित अन्यहरुको नाम भने सीबीपीले खुलाएको छैन ।

यद्यपि पक्राउ पर्नेमा दुई नेपाली नागरिक, दुई जना मेक्सिकन नागरिक, चारजना ब्राजिलियन र एक जना चिनियाँ नागरिक रहेको सीबीपीले जनाएको छ । पक्राउ परेका उनीहरुविरुद्द अमेरिकी कानून ७ युएससी १३२४ उल्लंघन गरेको आरोपमा कानूनी कारवाही प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register